गैरकानुनी धन्दा गर्ने बुटवलको कल सेन्टरमा प्रहरीको छापा, २१५ बढी पक्राऊ

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : ३१


काठमाण्डौँ । सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ को एक ‘कल सेन्टरमा प्रहरीले छापा मारेको छ।

जानकीनगरको चार तले घरमा तीन वटा फ्ल्याट भाडामा लिई सञ्चालनमा रहेको ब्ल्यू स्काइ बिजनेस सोल्युशन प्रालिमा बुटवल प्रहरीले छापा मारेको हो। प्रहरीले २१५ भन्दा बढी युवायुवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘कल सेन्टर’मा तीन सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

भारतीय र चिनीया नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

कार्यालय सञ्चालक भारतीय नागरिकको घर तथा कोठा पनि खानतलासी हुँदैछ। अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। त्यसपछि थप विवरण प्राप्त हुने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्