उत्तरपश्चिम चीनमा पहाड भत्किँदा नौ जनाको मृत्यु

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ७ : ३९


चीनl चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड भत्किँदा नौ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले बेयिन शहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११:१५ बजेतिर खसेको जानकारी दिएका छन्।

दुर्घटनामा परी १७ जना मध्ये ९ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

त्यसैगरी अर्का एक जना अझै बेपत्ता छन् । खोजी तथा उद्धार कार्य जारी छl


प्रतिक्रिया दिनुहोस्