पाँचौ तलाबाट खसेका शिशुको ज्यान यी व्यक्तिका कारण जोगियो, यसरी बचाए (भिडिओ)

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ५६


काठमाडौं। पूर्वी चीनका एक व्यक्तिलाई यतिबेला राष्ट्रिय नायक भन्न थालिएको छ।

पाँचौ तलाको कोठाको झ्यालबाट खसेका दुई वर्षीय शिशुको ज्यान जोगाएपछि ३१ वर्षीय सेन दोङको चीनभर प्रशंसा भइरहेको हो।

सार्वजनिक भिडिओअनुसार सेनले झ्यालबाट आकस्मिक रुपमा खसेकी शिशुको ज्यान पक्रिएर जोगाएको देख्न सकिन्छ।

भिडिओमा एक महिला र पुरुष बालिका खसेको स्थानमा हुन्छन्। उनीहरु बैंकमा काम गर्ने कर्मचारी भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

कियानजियाङ इभिनिङ न्युजसँग सेनले भनेका छन्,‘इमानदार भएर भन्नुपर्दा मलाई पुरै विवरण थाहा छैन। मेरो हात दुख्यो या दुखेन थाहा भएन, बच्चालाई बचाउनु मेरो उद्देश्य थियो। म भाग्यशाली थिए उनलाई बचाउन सकेँ। बचाउन नसकेको भए मैले आफूलाई कहिल्यै माफ गर्दिन थिए।’

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्