नीति शाह अनमोल केसीसँग ‘एक्स-९’ मा डेब्यु गर्ने पक्का

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : २२


काठमाडौं । मोडल नीति शाह अभिनेता अनमोल केसीसँग डेब्यु गर्ने भएकी छन्।

उनी मुकुन्द भट्टको निर्देशनमा बन्ने भनिएको चलचित्र ‘एक्स ९’ मा पहिलो पटक फिल्म खेल्ने भएकी छन्।

चलचित्रमा नायक अनमोल केसी, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहने बताइएको छ। यो चलचित्रको निर्माणपक्षले नायिका पनि फाइनल गरेको छ। चलचित्रमा नायिकाको रुपमा निती शाह रहने पक्का भएको छ।

आज मात्र निर्माणपक्षसँग नितीले चलचित्र हस्ताक्षर गरेकी हुन्।

नितीले यसअघि अन्तरवार्ताका क्रममा अनमोल केसीसँग पर्दा सेयर गर्न पाए आफू खुशी हुने बताउँदै आएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्