रणवीरको ‘न्युड फोटोसुट’बारे यी नायिका भन्छिन्ः महिलाले गरेको भयो हाम्रो घर जलिसक्थ्यो

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ०८


काठमाडौं। बलिउड अभिनेता रणवीर सिंह​ले हालै न्युड फोटोसुट गरेका छन्। उनको सो नग्न तस्बिरहरुको विषयमा यतिबेला भारतभर विभिन्न बहस सिर्जना भएका छन्।

रणवीरले पेपर म्यागजिनका लागि उक्त फोटोसुट गराएका हुन्। उनले आफू हजारौँ मानिसहरुको अगाडि नग्न हुन सक्ने र यसबाट आफूलाई कुनै फरक नपर्ने बताएका छन्।

उनी यस विषयमा भन्छन्, ‘मेरा लागि शारीरिक रुपमा नग्न हुन निकै सहज छ। तपाईंले मेरो ती तस्बिरमा आत्मा देख्न सक्नुहुन्छ। म हजारौँ मानिसहरुको अगाडि नग्न हुनसक्छु। मलाई यसले केही फरक पार्दैन।’

यसबीचमा बंगाली चलचित्र उद्योगकी अभिनेत्री तथा राजनीतिज्ञ मिमी चक्रवर्तीले भने रणविरको आलोचना गरेकी छिन्।

उनले ट्वीट गर्दै यदि यस्तो फोटोसुट कुनै महिलाले गराएको भए उनीहरुको घर जलाइने र उनीहरुमाथि ज्यान मार्ने धम्की आउने उनले बताएकी छिन्।

मिमीले ट्वीटमा लेखिन्, ‘रणवीर सिंहको ताजा फोटोसुटले इन्टरनेटमा तहल्का मच्चाएको छ र धेरैजसो कमेन्टमा फायर इमोजी दिइएको छ। म यहि सोचिरहेकी छु कि यदि यसमा कोही महिला भएको भए, त्यतिबेला पनि यस्तै तारिफ हुन्थ्यो होला? वा तपाईंले उसको घर जलाइदिनुहुन्थ्यो, मोर्चा निकाल्नुहुन्थ्यो, उसलाई हत्या गरिदिने धम्की दिनुहुन्थ्यो र उसको स्लट–सेमिङ गर्नुहुन्थ्यो।’

अर्को ट्वीटमा उनले लेखेकी छिन्, ‘हामी बराबरीको कुरा गर्छौँ, त्यो कहाँ छ? तपाईंलाई थाहा छ नि, त्यो तपाईंकै सोच हो, जसले सबै फेरिदिन सक्छ वा ध्वस्त पार्न सक्छ।’


प्रतिक्रिया दिनुहोस्