राष्ट्रिय खेलकुद विकास नियमावली पारित

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ०८


काठमाण्डौँ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली पारित गरेको छ । लामो समयदेखि रोकिएर रहेको खेलकुद विकास नियमावली मन्त्रीपरिषद्ले सैदान्तिक सहमती सहित पारित गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले असार २८ गते मन्त्रीपरिषद्मा नियमावली पारितका लागि प्रस्ताव लगेको थियो । सोही अनुसार मन्त्रीपरिषदले नियमावली पारितका लागि सैदान्तिक सहमती दिएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गतेबाट कार्यान्वयनमा आएको हो । तर अस्थिर सरकार र सरकारी ढिला सुस्तीका कारण नियमावली बन्न सकेको थिएन । ऐन कार्यान्वयनमा आएको झण्डै दुई वर्षपछि नियमावलीलाई सरकारले सैदान्तिक सहमती सहित पारित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्