पाकिस्तानमा २१ वर्षीया अमेरिकी भ्लगरको सामूहिक बलात्कार

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : २१


काठमाडौं। पाकिस्तानमा २१ वर्षीया अमेरिकी भ्लगर सामूहिक बलात्कारमा परेकी छिन्।

एनडीटीभीका अनुसार तीनहप्ता अगाडि पाकिस्तान भ्रमणका लागि त्यहाँ पुगेकी उनको उनकै गाइडले अन्य एक व्यक्तिसँग मिलेर बलात्कार गरेका हुन्।

पञ्जाव प्रान्तका प्रहरीले बुधबार दिएको जानकारीअनुसार होटलमा ती अमेरिकी पर्यटकको बलात्कार भएको थियो।

यतिबेला गाइड पक्राउ परेका छन् भने अर्का एक व्यक्ति फरार छन्। महिलाको गोपनियताको हकको कदर गर्दै उनको नाम गोप्य राखिएको पाकिस्तान प्रहरीले बताएका छन्।

हरेक अमेरिकी नागरिकलाई सुरक्षित राख्न सक्दो प्रयास गर्ने पनि पाकिस्तान प्रहरीले जनाएको छ।

ती महिलाले पाकिस्तानको विभिन्न क्षेत्रको अवलोकन गरेर त्यहाँको सँस्कृती र खानाको प्रचार गर्ने गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्