काठमाडौं । नेपाल हिन्दु राष्ट्र हुनुपर्ने माग राख्दै कमल थापा नेतृत्वको पाटीले प्रदर्शन थालेको छ।
राप्रपा नेपालका जनवर्गीय संगठनहरुले आज विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने उसको माग छ ।