युनाइटेडका मिडफिल्डर लिंगार्ड नव प्रवेशी ‘नटिङघम’ मा

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : ३१


काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडका मिडफिल्डर जेसे लिंगार्ड यसै वर्ष शीर्ष डिभिजनमा बढुवा भएको नटिङघम फरेस्टमा अनुबन्ध भएका छन् ।

युनाइटेडसँगको सम्झौता सकिएपछि २९ वर्षीय लिंगार्ड फुकुवा रहेका थिए । त्यसपछि यसै वर्ष बढुवा भएको नटिङटमले लिंगार्डलाई एक वर्षका लागि टोलीमा अनुबन्ध गरेको हो ।

इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीबाट ३२ क्याप जितेका लिंगार्डले युनाइटेडबाट सबै खाले प्रतियोगिता दुई यस ३२ खेलमा ३५ गोल गरेका थिए ।

लिंगार्ड सन् २०२१–२२ सिजनको सुरुवातमा युनाइटेडबाट लोनमा वेस्ट हम पुगेका थिए । नयाँ सिजनका लागि नटिङघमले अनुबन्ध गरेको लिंगार्ड ११औं खेलाडी हुन् ।


प्रतिक्रिया दिनुहोस्