वृद्धा एसियाली महिलामाथि सयपटक मुक्का हान्ने इस्को गिरफ्तार, हत्या अभियोगमा मुद्दा चलाइयो

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : १८


काठमाडौं। अमेरिकामा एक वृद्धा एसियाली महिलामाथि सयपटक भन्दा बढी मुक्का हान्ने तामिल इस्को गिरफ्तार भएका छन्।

४२ वर्षका इस्कोमाथि यतिबेला घृणा अपराध तथा हत्या अभियोगको मुद्दा चलाइएको छ।

न्युयोर्कमा गर्त मार्चमा उनले एक फिलिपिन्सकी ६७ वर्षकी वृद्धामाथि मुक्का–लात्ता लगातार प्रहार गरेको भिडिओसमेत सार्वजनिक भएको थियो।

उनले ती महिलामाथि आक्रमण गर्दा जातिवादी टिप्पणीसमेत गरेको प्रहरीले जनाएको छ। यतिबेला उनी हिरासतमा छन्।

यसैहप्ताको मंगलबार उनलाई विचेस्टरको अदालतमा उपस्थित गराइएको थियो त्यहाँ उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरियो।

अब अगष्ट २ मा उनलाई फेरि अदालतमा उपस्थित गराइनेछ। इस्कोको आक्रमणमा परेकी एसियाली वृद्धाको दिमागबाट रगत बगेको थियो भने अनुहारभर चोट लागेको थियो। हालसम्म उनी निको भएकी छैनन्।

वास्तवमा कोरोना भाइरसको महामारी विश्वमा देखिनासाथ अमेरिका र बेलायतजस्ता देशमा एसियाली मुलका नागरिकमाथि आक्रमण हुन थालेको थियो।

East Asian student assaulted in 'racist' coronavirus attack in London | CTV  News

सीएनएनका अनुसार सन् २०२० को मार्चयता अमेरिकामा झन्डै ११ हजार ५ सय एसियाली मूलका नागरिकमाथि आक्रमण भएका छन्।

चिनियाँ जातिजस्ता देखिने महिला, वृद्धा तथा पुरुषहरुमाथि दोहोरिँदै आक्रमण भइरहेको स्टप एएपीआई हेटको तथ्यांकले देखाएको छ।

आक्रमणकारीहरुले अधिकाँश समय आक्रमण गर्ने क्रममा ‘चिनियाँ कोरोना भाइरस, हाम्रो देशबाट बाहिर जा’ भन्ने शब्द उच्चारण गरेका थिए।

कोरोना भाइरस पहिलोपटक चीनमा देखा परेको थियो।

चीनबाट कोरोना भाइरस विश्वभर फैलिएको भन्दै पश्चिमा राष्ट्रहरुमा चिनियाँजस्ता देखिने मानिसहरुविरुद्ध घृणाको भाव पलाएको थियो।

अझैपनि त्यस्ता आक्रमण र जातिवादी टिप्पणी रोकिएको देखिएको छैन।

Chinese groups in UK are being taught how to handle Covid hate crimes after  brutal attack on lecturer | The Independent


प्रतिक्रिया दिनुहोस्