गभर्नरको राजीनामा माग गर्दै कार्टुनसहित प्रदर्शन

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ६ : ३६


काठमाण्डौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी, संघ, अनेरास्ववियू क्रान्तिकारी, लगायतका विद्यार्थी संगठनहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिँदै गर्भनर अधिकारीको राजीनामा माग गरेका हुन् ।

उनीहरुले आज कार्टुनसहित प्रदर्शन गरेका थिए ।  राजनीतिक दलमा आवद्ध रहेको आरोप लगाउँदै उनीहरुले गभर्नर अधिकारीविरुद्ध भोलि पनि कार्टुन प्रदर्शन गर्ने कार्यक्रम राखेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्