पूर्व अर्थमन्त्रीको छानविन गर्न थप ७ दिनको समय

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ४ : १८


काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिनका लागि थप गरिएको छ ।

संसद्‌मा सभामुख अग्निप्रसाद सापकोटाले राखेको प्रस्ताव पारित भएको हो । असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्