इरानले रुसलाई ड्रोन हतियार दिन लागेको भन्दै अमेरिका रुष्ट बन्यो

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ३ : ५८


काठमाडौं। इरानले रुसलाई ड्रोन हतियार दिन लागेको भन्दै अमेरिका रुष्ट बनेको छ।

इरानले दिएको ड्रोन हतियार रुसले युक्रेनविरुद्ध प्रयोग गर्ने आशंका गर्दै अमेरिकाले इरानले रुसलाई ड्रोन हतियार दिनु उचित कार्य नभएको उल्लेख गरेको छ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनका अनुसार रुसले इरानबाट ड्रोन हतियार प्राप्त गर्न लागेको छ र रुसले सो हतियार युक्रेनमा आक्रमण गर्न प्रयोग गर्नेछ।

उनी भन्छन्,‘इरानले रुसलाई हतियार दिनु राम्रो विचार होइन यदी हामी इरानको स्थानमा हुन्थ्यौं भने हामी त्यसो गर्दैनथ्यौं।’

यस्तै अमेरिकी सेनाका जनरल मार्क मिले पनि यसबारेमा भन्छन्,‘इरानी सैन्य मद्दतको विषयमा अमेरिकाले विरोध जनाइरहँदा इरानले रुसलाई हतियार दिन्छ भने त्यो ठिक हुनेछैन।’ बीबीसी


प्रतिक्रिया दिनुहोस्