प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न भन्दै माइतीघरमा प्रर्दशन

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ३ : ४९


काठमाण्डौँ ।  प्रदेश नम्बर १ लाई  लिम्बूवान किरात नामाकरण गरियोस् भन्भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा निस्किएको र्‍याली ।

प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो  प्रदर्शनमा बिभिन्न संघ संस्था र ब्यक्तिहरुको सहभागिता थियो ।

प्रदेश सभाको कार्यकाल सकिन लाग्दा समेत अझैसम्म प्रदेश १ ले नाम पाउन सकेको छैन ।

तिनतिन मुख्य मन्त्री पायो तर एक नम्ब्र प्रदेशले नाम भने पाउन सकेन । अरु ७ प्रदेशको नामकरण भने भइसकेको छ । मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो कार्यकालमा प्रदेशको नाम राख्ने दावी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्