कमल थापा छोडेर आएकाहरु भए राप्रपाका केन्द्रीय सदस्य

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ३ : २०


काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा काठमाण्डौँमा बसेको केन्द्रीय कार्यसमिति बैठकले मनोनीत केन्द्रीय सदस्यहरूलाई सपथ खुवाएका थिए।
राप्रपा नेपाल छाडेर राप्रपा आएका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङलाई पनि अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

यस्तै तोरणबहादुर गुरूङ, दीपकबहादुर सिंह, शरद गौचन, रामचन्द्र राय, राजाराम श्रेष्ठ, अजय थापा, सम्झना चौधरीलगायत ४९ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको हो। प्रवक्ता मोहन श्रेष्ठले ४९ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको बताए।


प्रतिक्रिया दिनुहोस्