रावलमाथि सांसद शाहीको काउण्टरः रोष्टम कब्जा गरेर पिएचडीको अपमान भयो

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ३ : ००


काठमाडौँ । बुधबार एमाले सांसद भीम रावलले रोष्ट्रम कब्जा गरेकोप्रति कांग्रेस सांसद रंगमति शाहीले काउण्टर दिएकी छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा एमाले सांसद रावलले रोस्ट्रम कब्जा गरी संसद्को गतिविधि अवरुद्ध गरेकोप्रति सांसद शाहीले आपत्ती जनाउँदै सभामुखले गम्भीर रूपमा लिनुपर्ने बताएकी हुन् । उनले भीम रावलले पिएचडीको अपमान गरेको समेत बताइन ।

प्रतिनिधिसभा नियमावली नमान्ने सांसद रावलको गतिविधि गलत भएको सांसद शाहीको भनाइ थियो । ुसार्वभौम जनताको थलो संसद् नै हो । जनताका आवश्यकताका विषयवस्तु संसदमा नबोले कहाँ बोल्ने, बोल्न पाइन्छ । तर जो आफैंले संविधान, नियमावली लेख्छ आफैंले बिर्सेर राष्ट्रवादका नारामा एक जना माननीयले रोस्ट्रम कब्जा गर्न पाइन्छ कि पाइँदैन सभामुख महोदय ?ु उनले प्रश्न गरिन्, । प्रतिनिधिसभा नियमावलीको नियम २३ मा सभामुखको आदेश सांसदले पालना गवर्नुपर्ने भन्ने उल्लेख छ । माननीय आफैंले बनाएको नियमावली पढाउन स्कुल पठाउने हो भने पीएचडी प्रमाणपत्रको अपमान हुने भयो । उनले भनिन् ।

एमाले सांसद रावलको रोस्ट्रम कब्जा गर्ने कार्यले सभामुखको आसन नै कब्जा हुने हो कि भन्ने सांसद शाहीको भनाइ थियो ।

एमाले सांसद रावलले बुधबारको प्रतिनिधिसभा बैठकमा १८ मिनेट रोस्ट्रम कब्जा गरेका थिए ।सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो सिटमा गएर बस्न आग्रह गर्दा पनि रावलले रोस्ट्रम नछाड‍ेपछि प्रतिनिधिसभाको बैठक नै स्थगित गर्नुपरेको थियो । प्रतिनिधिसभा नियमावलीमा त्यस्तो गर्ने सांसदलाई निलम्बनसम्मको कारबाही हुने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्