पालिकास्तरबाटै मतदाता नामावली संकलन गर्न माग

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  २ : १५


काठमाडौं। पालिकास्तरबाटै मतदाता नामावली संकलन गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन् ।

निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्