राप्रपा छाडेका ४ नेता कमल थापाको पार्टी प्रवेश गर्दै

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १ : ०९


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका चार नेता कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्ने भएका छन्। राप्रपा नेतृत्वप्रति असन्तुष्ट हुँदै नेताहरु दीलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठले पार्टी छाडेका थिए।

आज दिउँसो उनीहरुलाई राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापाले उनीहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्