आज साउन ५ गते बिहिबार, कसको राशिफल कस्तो?

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ७ : ००


आज बिहान सूर्योदय ५ः२० मा भयो भने सुर्यास्त ७ ०० बजे हुनेछ। विहान ११ः४३ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ। यो समयमा आज तपाईले कुनै पनि नयाँ र शुरुवाती काम गर्न खोज्नु भएको छ भने शुभ समय हो। आजको दिन कसको राशिफल कस्तो छ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ। व्यापार ब्यबसायबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ। मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ। शिवालय यात्राले मन हर्षित हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतीक्षित नतिजाले काममा उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : कर्कट राशिका जातकहरुको लागि तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ। अध्ययन अध्यापनमा मन लगाउनु होला। तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ। त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। छिद्र खोतल्नेहरूले दुस्ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। दौडधुप गर्दा पनि परिस्थितिवश काम अधुरो रहला। गोप्य सूचना बाहिरिन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। हुलमुलमा धनमाल गुम्न सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। उपचारमा खर्च हुने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। परिस्थितिले व्यवधान निम्त्याए पनि व्यावसायिक यात्रा हुन सक्छ। सोखले सञ्चित रकम खर्च गराउन सक्छ। विचार नमिल्नाले आफन्तसँग मतभेद देखा पर्नेछ। निम्तो मान्न जाँदा आतिथ्य अलि सहज नहुन सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। तर बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाउँदै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कामको मेसो नमिल्दा केही पछि परिएला। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। परिबन्धले काममा बाधा पुर्याउला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ। बुद्धिको उपयोगले मात्र काम बन्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सजग रहनुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा फाइदा हुनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुने समय छ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन पनि सफल भइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी बर्गको लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । कुनै विद्धान सहकर्मीसँग भेट गर्नुहोला।


प्रतिक्रिया दिनुहोस्