पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बुधबार ५० पुगेको अधिकारीहरूले बताएका छन्।
करिब १०० मानिस बोकेको डुङ्गा मध्य पञ्जाब प्रान्तको सादिकबादस्थित सिन्धु नदीमा डुबेको थियो। अधिकारीहरूले डुङ्गा दुर्घटनामा परी वेपत्ता अन्य व्यक्तिहरूको खोजी भइरहेको बताएका छन्।
अधिकारीहरूले भने, “अहिलेसम्म प्रायजसो महिला तथा केटाकेटीहरूगरी २६ वटा जना मृत फेला परेका छन् र सोही सङ्ख्यामा मानिसहरू वेपत्ता छन्।”
जिल्ला प्रशासन कार्यालयका प्रवक्ता कशिफ निसार गिलले एएफपीसँग भने, “डुङ्गा दुर्घटना भएको ४८ घण्टाभन्दा बढी भइसक्यो। त्यसैले पानीमा कोही जीवित फेला पर्ने सम्भावना क्षीण छ। यद्यपि उनीहरूको खोजी जारी रहेको छ।”
दुर्घटनामा परेका झण्डै आधा यात्रु नदीमा पौडी खेलेर जीवन बचाउन सफल भएका पनि बताइएको छ। जीवितहरूमध्ये धेरै पुरुषहरू पौडी खेलेर नदीको किनारमा निस्केका गिलले बताए। एजेन्सी