प्रदिप ज्ञवाली खाना खाँदै गरेको फोटोको वास्तविकता

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ३ : ४८


काठमाडौं । नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले केहि दिन अघि पछिल्लो समय मंहगी बढेर आफ्नो घरमा २ थरी तरकारी किनेर खानसक्ने अवस्था नरहेको भन्दै अभिव्यक्ति दिए।

मन्त्री भइसकेको व्यक्ति तथा सांसदको पनि यस्तो हालत रहेको भन्दै गरिबीको रेखामुनी रहेका नेपालीहरुको अवस्था के होला? भन्दै उनले प्रश्न समेत गरे।

सो भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल नै भयो। पूर्वमन्त्रीको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ। जसमा ज्ञवाली भान्सामा खाना खाँदै गरेको देखिन्छ।

उक्त तस्विर सेयर गरेर सामाजिक सञ्जालमा आलोचना भइरहँदा सो फोटो वास्तविकता अर्के रहेको खुलेको छ।

उक्त तस्विर नेता ज्ञवालीको घरको नभई अमेरिकामा गएका बेला ४ बर्षअघि  अरुको घरमा खिचेको पाइएको छ।

 


प्रतिक्रिया दिनुहोस्