कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : ४३


नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन। उनी पूर्वउपसभामुखसमेत हुन।

यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिइन्। कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो। यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त भएको हो ।

यसैगरी यसअघि सचेतक रहनुभएकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि गत साता सो पद पनि रिक्त भएको थियो।

दुवै पदमा आज कांगे्रस सभापतिसमेत रहनुभएका संसदीय दलका नेता देउवाले सो नियुक्ति गरेका हुन।

संसद्मा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ। रासस


प्रतिक्रिया दिनुहोस्