अनेम संघ गण्डकी प्रदेशको अध्यक्षमा अञ्जली शर्मा चयन

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १ : १९


काठमाण्डौँ । महिला विकास र शशक्तिकरणमा लामो समय सक्रिय अञ्जली शर्मा अखिल नेपाल महिला संघ गण्डकी प्रदेशको अध्यक्षमा चयन भएकी छन् । केन्द्रीय युवा कमिटीले मंगलबार आयोजना गरेको गण्डकी प्रदेश स्तरीय युवा भेलाले शर्माको अध्यक्षतामा ५५ सदस्यीय युवा महिला कमिटी गठन गरेको हो । कमिटिको सह–संयोजकमा नवलपुरकी रीता भण्डारी, सचिवमा कास्कीकी पुष्पान्जली भण्डारी, उपसचिवमा मुस्ताङकी अनिता घटनी र तनहुँकी सुभद्रा लम्साल कोषाध्यक्षमा चयन भएकी हुन् ।

अध्यक्ष शर्माले अब महिलाको हकहित र शशक्तिकरणमा भूमिका खेल्ने बताइन् । महिलालाई राजनीतिमा ल्याउन र समाजमा हुने हिंसाविरुद्ध शशक्त ढंगबाट उठ्न बिभिन्न कार्यक्रम गर्ने उनले बताइन् ।राम्रो राजनीति संस्कारलाई पालना गर्दै जनता र पार्टीले दिएको जिम्मेवारी पालना गर्ने उनको प्रतिवद्धता छ । कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले महिलाहरुका राजनीतिमा हस्तक्षेपकारी भूमिकामा बताइन् ।

अनेम संघकी अध्यक्ष थममाया थापाले आगामी निर्वाचनमा महिलाको सिट सुरक्षित गर्न युृवा महिलाहरुले विेशेष अभियान सञ्चालन गर्नु पर्ने बताइन् । कार्यक्रममा अनेमसंघ केन्द्रीय युवा कमिटी संयोजक दिपा शर्मा लगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्