रुसले आक्रमण गरिरहँदा युक्रेनी राष्ट्रपति जेलेन्स्कीका पत्नी अमेरिका भ्रमणमा

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ४५


काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका श्रीमती ओलेना जेलेन्स्की उच्चस्तरीय बैठक तथा अमेरिकी कँग्रेसलाई सम्बोधन गर्न अमेरिका पुगेकी छिन्।

चार महिना अगाडि मात्र राष्ट्रपति जेलेन्स्कीले अमेरिकी संसदमा भिडिओमार्फत् सहयोगकको अपिल गरेका थिए। यतिबेला युक्रेनी फर्स्ट लेडी प्रत्यक्ष रुपमा अमेरिकी नेताहरु भेट्न त्यहाँ पुगेको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार ओलेनाले सोमबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र मंगलबार राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गरेकी थिइन्।

यसअघि बाइडेनले पनि मे महिनामा युक्रेनको भ्रमण गरेका थिए। रुसले युक्रेनमा आक्रमण जारी रहेकै समयमा बाइडेन युक्रेन पुगेका थिएभने ओलेना पनि अमेरिका पुगेकी हुन्।

आज क्यापिटल हिलमा ओलेनाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। ओलेनालाई युक्रेन सरकारले कुनै पद नदिएको भएता पनि उनी युक्रेनको नेतृत्व गर्दै अमेरिका पुगेकी हुन्।

अमेरिकाले युक्रेनलाई ४० अर्ब अमेरिकी डलरको सहयोग आगामी सेप्टेम्बर भित्र दिइसक्ने बताएको छ। हतियारहरु पनि अमेरिकाले युक्रेनलाई दिइरहेको छ।


प्रतिक्रिया दिनुहोस्