नेपालगञ्जका सडक जलमग्न

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ०४


नेपालगञ्ज । बाँकेमा आज बिहान परेको वर्षाका कारण नेपालगञ्जका सडक जलमग्न भएका छन् । उपमहानगरपालिकाको भित्री बजार सुते विक चोक, विपी चोक, रामलिला मैदान लगायतका ठाउँमा रहेका सडक जलमग्न भएकाले आवतजावत गर्न कठीनाइ भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बजारका केही स्थान जलमग्न भएको जानकारी दिए । नेपालगञ्जमा ८६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही साताअघि नेपालगञ्ज उपमहानगरपालिकाले ढलमा पानी जमेर बजार जलमग्न हुने भन्दै ढल सफाइ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्