करिना भन्छिन्ः म गर्भवती छैन, मेरा श्रीमानले भारतको जनसंख्यामा पहिल्यै धेरै योगदान दिइसके

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ११ : ०६


काठमाडौं। पछिल्लो समय भारतमा चर्चित अभिनेत्री करिना कपुर तेस्रोपटक आमा बन्न लागेको भनेर चर्चा चलेको छ।

केही फोटोहरुमा करिनाको पेट ठूलो देखिएपछि उनी फेरि गर्भवती भएको उनका फ्यानहरुले अनुमान गर्दै करिनालाई शुभकामना दिइरहेका छन्।

तर करिना कपुरले भने आफू गर्भवती नभएको स्पष्ट पारेकी छिन्। उनले सामाजिक संजालमा आफूले धेरै पास्ता र वाइन खाएकाले पेट ठूलो देखिएको जवाफ दिएकी हुन्।

Image

उनले इन्स्टाग्राम स्टोरीमा भनेकी छिन्, ‘साथीहरू, यो पास्ता र वाइनको प्रभाव हो। शान्त हुनुहोस्। म गर्भवती छैन। उसैपनि सैफले भनेका छन् कि, उनले हाम्रो देशको जनसंख्याको लागि धेरै योगदान योगदान दिइसकेका छन्।’

करिना र सैफ अलि खानका दुई सान्तान छन्।


प्रतिक्रिया दिनुहोस्