प्रचण्डसहित माधव नेपाल, बामदेव गौतमबीच भेटवार्ता

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ६ : २९


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल र बामेदव गौतमबीच भेटवार्ता भएको छ।

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको छ।

सो भेटमा नेकपाको तत्कालीन सचिवालय ब्युँताउने बिषयमा छलफल भएको बताइएको छ।

नेताहरुबीच चुनावी गठबन्धनबारे नेपाली कांग्रेस र एमालेले गरेका निर्णयबारे छलफल भएको थियो।

 


प्रतिक्रिया दिनुहोस्