हरिहर र नीता ढुंगानालाई आफ्नो पार्टीमा आउन रवि लामिछानेको प्रस्ताव

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : ४५


काठमाडौं । केहि दिन अघि विवाह बन्धनमा बाँधिएका अभिनेता हरिहर अधिकारी र अभिनेत्री निता ढुंगाना रवि लामिछाने नेतृत्वको पार्टीमा आबद्ध हुने तयारी गरेका छन्।

रविले उनीहरुलाई आफू नेतृत्वको नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न प्रस्ताव गरेका छन्।

रविले हरिहरलाई काठमाडौंको कुनै संसदीय निर्वाचन क्षेत्रबाट पार्टीको उम्मेदवार बन्न पनि प्रस्ताव गरेका छन्। यसबारे चाँडै निर्णयमा पुग्ने अभिनेत्री ढुंगानाले बताएकी छन्।


प्रतिक्रिया दिनुहोस्