गतवर्ष एक लाख ६३ हजार भारतीयले देशको नागरिकता त्यागे, पश्चिमा राष्ट्र उनीहरुको रोजाई

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : ३४


काठमाडौं। गतवर्ष अर्थात् सन् २०२१ मा भारतका १ लाख ६३ हजार ३७० नागरिकले नागरिकता त्याग गरेका छन्।

भारतको गृह मन्त्रालयले आज मंगलबार नागरिकता त्याग्ने भारतीयको तथ्यांक सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार यसअघि सन् २०२० मा ८५ हजार २५६ भारतीयले देशको नागरिकता त्यागेका थिए।

तथ्यांकअनुसार भारतीय नागरिकहरु पश्चिमा राष्ट्रहरुको नागरिक बन्नका लागि भारतीय नागरिकता त्यागिरहेका छन्।

नागरिकता त्यागेर कहाँ गए भारतीय नागरिक?

शीर्ष १० देश जहाँको नागरिकता भारतीयले लिए

१. अमेरिकाः गतवर्ष ७८ हजार २८४ भारतीय नागरिकले अमेरिकी नागरिकता लिए।

२. अस्ट्रेलियाः गतवर्ष २३ हजार ५३३ भारतीय नागरिकले अस्ट्रेलियाको नागरिकता लिए।

३. क्यानडाः गतवर्ष २१ हजार ५९७ भारतीयले क्यानडाको नागरिकता लिए द्दज्ञ,छढठ

४. बेलायतः गतवर्ष १४ हजार ६३७ भारतीयले बेलायती नागरिकता लिए।

५. इटालीः गतवर्ष ५ हजार ९८६ भारतीयले इटालीको नागरिकता लिए।

६. न्युजिल्यान्डः गतवर्ष २ हजार ६४३ भारतीयले न्युजिल्यान्डको नागरिकता लिए।

७. सिंगापुरः गतवर्ष २ हजार ५१६ भारतीयले यहाँको नागरिकता लिए।

८. जर्मनीः गतवर्ष २ हजार ३८१ भारतीयले यहाँको नागरिकता लिए।

९. नेदरल्यान्ड्सः गतवर्ष २ हजार १८७ भारतीयले यहाँको नागरिकता लिए।

१०. स्वीडेनः गतवर्ष १ हजार ८४१ भारतीयले यहाँको नागरिकता लिए। बीबीसीहिन्दी


प्रतिक्रिया दिनुहोस्