प्रेस काउन्सिलमा बालेन साहले दिए उजुरी

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ४ : २९


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय दैनिक नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमाथि कारवाही माग गर्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन्।

ती सञ्चारमाध्यमहरुले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको उनको आरोप छ।


प्रतिक्रिया दिनुहोस्