बढ्दे कोरोना, आज उपत्यकामा मात्रै थपिए १५४ संक्रमित

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ४ : ०७


काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणका घटनाहरु बढ्दै गएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३५७ जना संक्रमित थपिएका छन्।

यसैबीच काठमाडौं उपत्यकामा मात्रै १५४ जना संक्रमित भएका छन्। जसमध्ये काठमाडौंमा ११९, ललितपुर ३० र भक्तपुरमा ५ जना संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस्