भारतको हरियाणामा छापामार्न पुगेका डीएसपीको डम्परले किचेर हत्या

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ५५


काठमाडौं। भारतको हरियाणामा प्रहरीका डीएसपीको डम्पर गाडीले कुल्चिएर हत्या भएको छ।

समाचार संस्था एएनआईका अनुसार आज मंगलबार अवैध उत्खनन भइरहेको स्थानमा छापामार्न जाँदा डम्पर चालकले डीएसपी सुरेन्द्र सिंहमाथि सवारी चलाएका थिए।

सिंहको घटनास्थलमै मृत्यु भएको हो। अवैध उत्खनन भइरहेको स्थानमा सिंह अन्य प्रहरीसहित त्यहाँ पुगेका थिए। प्रहरीले कागजात माग्दा डम्पर चालकले गाडी उनीहरुमाथि हुइक्याएको थियोे।

आज भारतीय समयअनुसार बिहान ११ बजेर ५० मिनेटमा डीएसजी सिंह एक ड्राइभर एक हतियारसहितका प्रहरीसँग घटनास्थल पुगेका थिए। अन्यले भागेर ज्यान जोगाएका हुन्।


प्रतिक्रिया दिनुहोस्