बुबा-छोरा एकैदिन डिएसपीमा बढुवा

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ४०


काठमाडौं । नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीका लागि बढुवा सिफारिस भएका छन्।

पछिल्लो समय प्रहरीको बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार ३४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्ने निर्णय भएको हो।

संयोगबस बढुवामा परेका मध्ये २ जना बाबुछोरा रहेका छन्। राजेन्द्र अधिकारी र उनका छोरा उद्धव अधिकारी एकैदिन डिएसपीमा बढुवा भएका हुन।

छोरा उद्धव प्राविधिक तर्फबाट इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएका हुन।


प्रतिक्रिया दिनुहोस्