शेयर बजार आज पनि उकालो

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ११


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि बृद्धि आएको छ।

नेप्से परिसुचक आज १६.२० को बिन्दुले बढेर आज २०४५.६३ को बिन्दुमा बजार बन्द भएको छ।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८० बिन्दुले बढेर ३९१.५६ को बिन्दुमा बजार बन्द भएको छ।

यसदिन समग्र कारोबार २ अर्ब २९ करोड बढी भएको छ। आज नेप्सेका सबै उपसूचकमा हरियाली छ।

बैंकिङ ६, विकास बैंक ४१, फाइनान्स ४३, होटल तथा पर्यटन ३९, जलविद्युत् १५, जीवन बीमा ८०, उत्पादन ६४, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा ७२, अन्य ३ र ब्यापार उपसमूह ३२ अंक बढे।

कुल १४६ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ५ को स्थिर रह्यो। इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो। गणपती लघुवित्तको ६.९, ग्रिन भेन्चरको ५.५, आईसीएफसीको ५.२ र गुहेश्वरी मर्चेन्टको सेयर मूल्य ४.८ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एभेरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र अरुणकाबेली क्रमशस् अगाडि रहे।

यी हुन यसदिन धेरै कमाउने र गुमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्