बौद्ध मुकुट विवादमा परेपछि ‘नेपहपको श्रीपेच’का विजेता भाइबरलाई नयाँ श्रीपेच

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  २ : ३२


काठमाडौं। हालै सम्पन्न र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेता साइमन विस्ट ‘भाइबर साइमन’लाई नयाँ श्रीपेचले सम्मान गरिएको छ।

पहिले प्रदान गरिएको श्रीपेचले विवाद निम्त्याएपछि नेपहपको श्रीपेच टोलीले वौद्ध गुरुहरुसँग माफी मागेका थिए। सो श्रीपेच फिर्ता नै गर्नु परेको थियो।

श्रीपेचविहीन भएका भाइबरलाई आज मंगलबार नयाँ श्रीपेच प्रदान गरिएको हो। उक्त कार्यक्रममा निर्णायक रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले नयाँ श्रीपेच लगाइदिएका हुन्।

अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय र्यापरहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको शोका निर्माता रोशन पोखरेलले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्