डरलाग्दो दुर्घटनामा पाइलटको ज्यान प्यारासुटले बचायो, विमान पनि क्षति हुनबाट जोगियो! (भिडिओ)

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  २ : ०५


काठमाडौं। बेल्जियममा एउटा डरलाग्दो विमान दुर्घटना हुँदा पनि त्यसमा सवार पाइलट बाँच्न सफल भएका छन्।

वास्तवमा विमानमा हुने ब्यालिस्टिक रिकभरी सिस्टमका कारण पाइलटको ज्यान जोगियो भने विमान क्षति हुनबाट जोगिएको हो।

गत शुक्रबार एक अनुभवी पाइलटले डाइनएरो एमसीआरओ१ विमान चलाइरहेका थिए। विमानको इन्जिन बन्द भएपछि सो विमान सिधै जमिनतर्फ घोप्टिएर जोतिन लागेको थियो।

तर पाइलटले विमानमा भएको ब्यालिस्टिक रिकभरी सिस्टम प्रयोग गरेपछि प्यारासुट खोलियो जसले विमान भुँइमा बेस्सरी बजारिनबाट जोगियो।

प्यारासुटले खसेको विमानको तिव्रतालाई कम गरेपछि विमान भुइँमा बजारिँदा विमानलाई पनि ठूलो क्षति भएन र पाइलट पनि सकुशल अवतरण गर्न सफल भए।

यो घटनाको फोटो र भिडिओ सार्वजनिक भएको छ जहाँ विमान नाटकीय रुपमा भुइँमा खरिरहेको देख्न सकिन्छ।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्