अमेरिकाद्वारा ध्वनीभन्दा पाँच गुण तिव्र हाइपरसोनिक मिसाइल परीक्षण

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ११ : १३


न्युयोर्क। अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ।

ध्वनीको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनले जनाएको छ।

सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो।

यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण असफल भएका थिए।


प्रतिक्रिया दिनुहोस्