टाटा विङ्गर बीएस ६ नेपाली बजारमा

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : १४


काठमाडाैं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले नयाँ टाटा विङ्गर बीएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘प्रिमियम टफ’ ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायत संस्थाका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

‘२.२ लिटरको डाइकोर इन्जिनजडित विङ्गर बीएस ६ को टर्क अत्यन्त प्रभावकारी छ’ कम्पनीले भनेको छ ‘इको स्विच एवम् गियर सिफ्ट एडभाइजरजस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ ।’ यसमा हाइड्रोलिक सक एब्जर्बर भएकाले आरामदायी यात्राको प्रत्याभूति गर्ने कम्पनीको भनाइ छ ।

‘कमभन्दा कम खर्चमा व्यापार/व्यवसाय अभिवृद्धि गर्न चाहनेका लागि यो अत्यन्त उपयोगी छ’ टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस युनिटका अनुराग मेह्रोताले भने । गाडी चलाउँदा बाहिरको दृष्य प्रष्ट रुपमा हेर्न यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवम् फग ल्याम्पको व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्