मन्त्री बन्न फटाहाहरुको रोलक्रम चलिरहेको छः विप्लव

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ४२


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम ‘चन्द’ले इतिहासमै पहिलो पटक नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताएका छन।

आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले सुगौली सन्धी र दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपीहरु नेपालमा आइलागेको बताएका हुन।

महासचिव चन्दले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरु राखेर भइरहेको भन्दै सरकारको चर्को आलोचना गरे।

महासचिव चन्दले अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरु मात्रै गरेको आरोप लगाए।

उनले अहिलेका दलहरुले दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै दशेलाई मोलमलाई गरिरहेको बताए।

महासचिव चन्दले अहिलेको व्यवस्थालाई लुटेराको संज्ञा दिँदै शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था अहिलेको नभएको स्पष्ट पारे।

महासचिव चन्दले एमसीसी नेपालीको दुःखबाट फाइदा उठाउने नीति भएको पनि दाबी गरे।


प्रतिक्रिया दिनुहोस्