मृत्यु हुन अगाडि यी ११ वर्षीय बालकले प्रहरीलाई भनेः मम्मीले चक्कु हान्नु भो!

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ११


काठमाडौं। अमेरिकी राज्य न्यु मेक्सिकोमा एक महिलाले आफ्नै ११ वर्षीय छोराको हत्या गरेका छन्।

बालक ब्रुस जोन्सन जुनियरको गतहप्ताको आइतबार उनकै आमाको चक्कु प्रहारबाट मृत्यु भएको न्यु मेक्सिको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार बिहानै ब्रुसका पिताले छोरामाथि चक्कु प्रहार भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

त्यसबेला बालकको अवस्था ज्यादै नाजुक थियो। अर्को कोठामा उनका आमा मेरी पनि चक्कु प्रहारबाट घाइते भएकी थिइन्। उनी बेहोस थिइन्।

उनीहरुलाई बिहानै अस्पताल लगिएको थियो। मेरीको अवस्था सामान्य बनेता पनि ब्रुसको शरीरबाट ज्यादै रगत बगेको थियो।

मृत्यु हुन अगाडि ब्रुसले आफ्नै आमाले आफूमाथि चक्कु प्रहार गरेको बताएका थिए। मेरीको स्वास्थ्य अवस्था ठिक भएता पनि उनी मानसिक रुपमा रोगी भएको प्रहरीको भनाइ छ। डेलीमेल


प्रतिक्रिया दिनुहोस्