पानी नपरेर खडेरी हुन थालेपछि जनप्रतिनिधीलाई बाँधियो

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : २८


काठमाडौं। पश्चिम नवलपरासीको एक गाँउमा पानी पार्न जनप्रतिनिधिहरुलाई बाँधिएको छ।

खडेरीले आजित बनेपछि सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन ।

लामो समयदेखि पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ।

पानी नपरेर समस्या पर्दा पहिले पहिले गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गर्ने चलन थियो।

अहिले जनप्रतिनिधि नै गाउँका अगुवा भएकाले स्थानीयले बाँधेर लगेका हुन्। मन्दिर पुगेर जनप्रतिनिधिले पूजा अर्चना गरेका छन्।


प्रतिक्रिया दिनुहोस्