घानामा पहिलोपटक देखियो घातक मारबर्ग भाइरस, दुई जना संक्रमित बन्दा दुवैको मृत्यु

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ४७


काठमाडौं। अफ्रिकी राष्ट्र घानामा पहिलोपटक घातक मारबर्ग भाइरस देखा परेको छ।

बीबीसीका अनुसार दुई जना यस भाइरसबाट संक्रमित बन्दा दुवैको मृत्यु भएको छ।

मारबर्ग भाइरस ज्यादै संक्रामक भएको र यो इबोला भाइरस परिवारसकै सदस्य भएको विज्ञहरुको भनाइ छ।

दुवै संक्रमित व्यक्ति घानाको अशान्ति क्षेत्रका थिए। उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।

पश्चिम अफ्रिकी राष्ट्रहरुमा यतिबेला ९८ जना व्यक्तिहरुलाई क्वारेन्टिनमा राखिएको छ। उनीहरुमा मारबर्ग भाइरसबारे अध्ययन भइरहेको जनाइएको छ।

मारबर्ग भाइरस लागेपछि त्यसको उपचार नभएको विज्ञको भनाइ छ यद्यपी धेरै मात्रामा पानी पिउँदा संक्रमितको ज्यान जोगिने सम्भावना बढी हुन्छ।

चमेराले खाएको फलफुल खाँदा यो भाइरस मानिसमा सर्ने चिकित्सकहरुले बताएका छन्।

यो भाइरसबाट संक्रमित बन्दा मानिसमा वान्ता हुने, पेट दुख्ने, छाती दुख्ने, घाँटी दुख्ने, पेट दुख्ने र लगातार पखाला चल्ने लक्षणहरु देखिन्छन्।


प्रतिक्रिया दिनुहोस्