साँखुमा मानव कङ्काल फेला

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ४१


काठमाडौँ । शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ।

खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो। मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए। घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने पनि प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्