बाँदर धपाउने क्रममा घाइते भएका खनालको मृत्यु

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : २१


अर्घाखाँची । अर्घाखाँचीमा बाँदर भगाउने क्रममा लडेर घाइते भएका टंक खनालको मृत्यु भएको छ।

असार १९ गते मकै बारीमा आएको बाँदर धपाउने क्रममा छत्रदेव गाउँपालिका–४ का ३९ वर्षीय खनाल गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा गयराती लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छत्रदेव गाउँपालिका–४ का वडाध्यक्ष भिमलाल खनालले जानकारी दिए। लडेर गम्भीर घाइते भएका खनालको टाउकोमा चोट लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्