अमेरिकामा उडिरहेका दुई विमान एक–आपसमा ठोक्किए, चार जनाको मृत्यु

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : १४


काठमाडौं। संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना दुई विमानहरू आकाशमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।

दुर्घटनाको अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट गरेको छ।

पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ।

यी दुवै विमानमा दुई–दुई जना सवार रहेका जनाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्