काठमाडौं। युक्रेनका सुरक्षा सम्बन्धी संस्थाका प्रमुख र महाभियोजकको रुससँग साँठगाँठ रहेको भन्दै उनीहरुलाई तत्काल पदबाट बर्खास्त गरिएको छ।
रुससँग लागेर युक्रेनविरोधी काममा लागेको उनीहरुमाथि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन्।
युक्रेनको सुरक्षा एजेन्सी एसबीयूका प्रमुख इभान बाकानोभ र महाभियोजक इर्याना भेनेडिक्टोभा देशद्रोहको आरोपमा बर्खास्त भएका हुन्।
एसबीयूका प्रमुख इभान जेलेन्स्कीकै बाल्यकालदेखिको साथी भएको पनि बताइएको छ।
एक भिडिओ सन्देश जारी गर्दै जेलेन्स्कीले अहिले ६० भन्दा धेरै पूर्व सरकारी कर्मचारीले रुसलाई सहयोग गरिरहेको पनि उनको भनाइ छ। उनीहरुले रुसले कब्जा गरेको क्षेत्रबाट युक्रेनविरुद्ध काम गरिरहेको बताइएको छ।
बीबीसीका अनुसार हालसम्म ६५१ पटक युक्रेनकै अधिकारीहरुले देशविरुद्ध रुसलाई सघाएको पाइएको छ।