सिद्धार्थ बैंककोे श्रीवृद्धि मुद्दती खातामा १० गुणासम्म प्रतिफल

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : २२


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको आवश्यकता र मागहरुलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणा सम्म प्रतिफल प्राप्त हुने ‘सिद्घार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ ।

यस मुद्दती खातामा ग्राहकवर्गहरुले बैंकद्वारा तोकिएको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नुहुनेछ । यसका अतिरिक्त, ग्राहकवर्गहरुले आफ्नो साँवा रकमको ९० प्रतिशत सम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशत सम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकवर्गहरुलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्