स्कटल्यान्डविरुद्ध पनि चलेन नेपालको ब्याटिङ

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : १३


काठमाण्डौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोेली स्कटल्यान्डविरुद्ध खराब ब्याटिङ गरेको छ । टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २१ ओभरमा ५ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।

 

नेपालका दीपेन्द्रसिंह ऐरी ३ रनमा क्रिजमा छन् । उनलाई विनोद भण्डारीले साथ दिनेछन् । ओपनर आसिफ शेख ५८ बलमा ६ चौकासहित ४० रनमा क्याच आउट भए । आसिफ स्पिनर मार्क वाट्टको १९ औं ओभरको तेस्रो बलमा विकेटकिपर म्याथ्यु क्रसबाट क्याच भए । तर अम्पायरको निर्णयमा भने आसिफ सन्तुष्ट थिएनन् । उनले एज नलागेको संकेत दिएका थिए ।

ओपनर कुशल भुर्तेल पुन खराब प्रदर्शन गर्दै आउट भए । कुशल स्पिनर मार्क वाट्टको छैटौं ओभरको दोस्रो बलमा १६ बल खेल्दै ३ रनमा क्याच आउट भए ।

देव खनाल गेभिन मेनको बलमा १० रनमा क्याच आउट भए । रोहित पौडेल २० औं ओभरको पाँचौं बलमा फस्ट स्लिपमा कलुम म्याकलेओडबाट १० रनमा क्याच भए । रोहितले १६ बलमा १ चौका प्रहार गरे ।

मार्क वाट्ले नै आरिफ शेखलाई २१ औं ओभरको तेस्रो बलमा कलुमबाट शून्यमा क्याच गराएपछि नेपाल संकटमा परेको छ ।


प्रतिक्रिया दिनुहोस्