प्रचण्डलाई मोदीले भेट्न समय दिएनन्!

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : ०७


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नभेटी स्वदेश फर्केका छन्।

प्रचण्डले दिल्ली जाने क्रममा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दा मोदीसँग पनि आफ्नो भेट हुने बताएका थिए।

भ्रमणका अन्तिम दिन आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरे। मोदीसँग भेट हुने भनिए पनि अन्तिममा समय नमिलेको जानकारी आएपछि प्रचण्ड मोदीलाई नभेटी स्वदेश फर्केका हुन।

प्रचण्डको सचिवालयले अध्यक्ष दाहालको भारत भ्रमण सफल भएको नीजि सचिवालयले जनाएको छ।

भाजपा अध्यक्ष जेपि नड्डाको निमन्त्रणामा पहिलोपटक भएको तीन दिने भ्रमण पार्टी टु पार्टी सम्बन्धका दृष्टिले सम्बन्ध विकासका लागि महत्त्वपूर्ण रहेको र दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि पनि फलदायी बनेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।

भ्रमणको क्रममा प्रचण्डले इतिहासमा थाती रहेका नेपाल-भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाएको सचिवालयको दाबी छ।


प्रतिक्रिया दिनुहोस्