पानी नपरेपछि रोपेको खेत भयो यस्तो, डढेलो लाग्ने भन्दै किसान चिन्तित !

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : ५५


काठमाडौं । पानी नपरेपछि रोपेको धान डढ्न लागेको भनेर किसान चिन्तित बनेका छन् । असारको अन्तिम साता पनि पानी पर्न छोडेपछि धान रोपेका किसान र रोप्न नपाएका किसानलाई पिरलो छ । खासगरी त्यसको असर मधेश प्रदेश र तराईका अरु जिल्लामा  परेको छ । किसानहरुले रोपाई भएको धान डढेको भन्दै बिभिन्न तस्विरहरु पनि सामाजिक संजालमा राख्न थालेका छन् ।

पानी नपरेकै कारण रोपाइँ कतिपय स्थानमा रोपाई कम भएको छ । अझै केही दिन पानी नपर्ने हो भने धानमा डलेलो लाग्ने कपिलवस्तुका कृषक खिमानन्द शर्मा बताउँछन् । मौसम पूवानुमान शाखाले अबको केही दिनमा पानी पर्ने भएकाले तयारीमा रहन किसानलाई आग्रह गरेको छ । अहिले दक्षिणतिर सक्रिय मनसुन आगामी मंगलबारदेखि उत्तरतर्फ सक्रिय रहने बताइएको छ ।

कृषि मन्त्रालयले पनि रोपाइँका लागि समय बाँकी रहेको भन्दै तराईका केही जिल्लामा पानीको अभाव मनसुनबाटै पूर्ति हुने जनाएको छ । यता किसानहरु समयमा मल नपाएपछि थप पीडामा छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान खेतीको हब मानिने क्षेत्रमै कम मात्रामा रोपाइँ हुँदा यस वर्ष असारमा गत वर्ष भन्दा ११ प्रतिशत कम मात्रामा रोपाइँ भएको छ ।  कृषि मन्त्रालयका ३२ असारसम्म देशभर कुल ९ लाख ७० हजार ४८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।


प्रतिक्रिया दिनुहोस्